अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
काठमाडौं । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो ।
अस्पताल भर्ना भएका मध्ये ५३ प्रतिशत डायलासिस ९मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि रगतबाट फोहोर हटाउने यान्त्रिक प्रक्रिया०मा थिए र बाँकी मिर्गौला प्रत्यारोपण गराउनेहरू थिए ।
सन् २०१९/२० मा अस्ट्रेलियामा अस्पताल भर्ना हुने सबैभन्दा धेरै मिर्गौलाका बिरामी रहेका तथा ती मध्ये १४ प्रतिशतले डायलासिस गराएका थिए ।
एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओन तीन महिना वा सोभन्दा बढी समयसम्म रगतबाट फोहोर हटाउन नसक्ने मिर्गौलाको अवस्थालाई ‘क्रोनिक’ मिर्गौला रोग हो भन्दै उनले १७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको अनुमान सुनाइन् । उनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अनजान रहेका पनि बताइन् ।
मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो । मिर्गौलाले काम गर्न नसकेपछि बाँच्नको लागि डायलासिस वा प्रत्यारोपण एकमात्र विकल्प भएको वास्तविकता पनि उनले सुनाइन् ।
सन् २०२० मा प्रमुख शहरहरूमा बस्नेहरूभन्दासबैभन्दा कम सामाजिक आर्थिक गतिविधि हुने तथा दुर्गम र अति दुर्गम क्षेत्रका मानिसले मिर्गौला प्रतिस्थापन थेरापी गराएका थिए ।(रासस/ सिन्ह्वा)
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




