सोमवार, पुस ८, २०८१
English
Follow us:

पाकिस्तानमा ग्यास विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु, २ जना घाइते

पाकिस्तानमा ग्यास विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु, २ जना घाइते

  • खबर सेवा

  • बुधबार, माघ ११, २०७९

  • 21
    SHARES

काठमाडौं ।  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा ग्यास विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु भएको छ ।

बुधबार एक घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएका छन् भने दुई महिला घाइते भएका छन् ।

घटनामा घर आंशिक रूपमा भत्किएको र ठुलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए । उद्धार टोलीहरूद्वारा घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हिटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ ।

घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ ।एजेन्सी


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology