आयुर्वेद स्वास्थ्य सेवाप्रति आकर्षण बढ्दो
काठमाडौं । बद्लिदो समयसँगै आममानिसको धारणा पनि परिर्वतन हुँदै गएको छ । आयुर्वेद उपचार परापूर्व कालदेखि चलिआएको र अहिलेको बैंज्ञानिक युगमा आउन्जेलसम्म यसको महत्व कायमै छ । यद्पी यलोपेथिक उचार भन्दा आयुर्वेद उपचार पछिनै रहेको छ । तर पनि पछिल्लो समयमा आयुर्वेद स्वास्थ्य सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले आयोजना गरेको अन्तरक्रियामा कार्यक्रममा पछिल्लो समयमा आयुर्वेद स्वास्थ्यमा सेवाग्राहीको आकर्षण बढ्दो रहेको आयुर्वेद चिकित्सक डा.पुनम नेपालले जानकारी दिइन् ।
डा. नेपालले स्वास्थ्य केन्द्र काठमाडौंमा मात्रै दैनिक औषत ३५ जनाले ओपिडी सेवा लिने गरेको बताइन् । उनका अनुसार औषत ५ जना ल्याव, ५ जना अक्कुपन्चर र १० जनाले फिजियोथेरापी सेवा लिने गरेका छन् । उनले उपचारको प्रावकारिता पनि बढ्दै गएको दावी गरिन् । ‘बिरामी केन्द्रमा नियमित आउने, रोग निको भएको तथ्यांक लगाएतका सूचकले यसको प्रभावकारिता पुष्टि गर्छ’ उनले भनिन्, ‘हामीले रोग लागेकालाई भन्दा पनि रोग लाग्न नदिन परामर्श सेवा दिँदै आएका छौं, यसले जीवनशैली प्रवद्र्धनमा पनि सघाउ पुराएको छ ।’ उनले सेवाग्राहीसँग जोडिन सुझाव लिइरहेको पनि बताइन् ।
उनले पछिल्लो समयमा सरुवा रोगले भन्दा पनि नसर्ने रोगको कारण धरै मानिसहरुको ज्यान जाने गरेकाले यसलाई न्यूनिकरण गर्न दैनिक जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताइन् । नेपालमा आयुर्वेद चिकित्साको पुरानो इतिहास भएको तर यसको प्रभाकारिताका बारेमा अझै बुझाउनुपर्ने अवस्था दुखद रहेको उनको गुनासो छ ।
उनले स्वास्थ्य केन्द्रले रोग लाग्नबाट बच्नको लागि जीवनशैली कसरी बनाउने मुुख्य परार्मश दिने गरेको बताइन् । जिल्ला आयुवेद स्थास्थ्य काठमाडौंले नेपाल सरकारद्वारा निर्धारित २३ प्रकारका औषधि निःशुल्क वितरण गरिरहेको बताइन् । हाल १३ जिल्लामा १३ आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिइरहेको बताइन् । केन्द्रले हाल स्कूलहरुमा आयुर्वेद सम्वन्धी स्वास्थ्य कार्यक्रमा गरिरहको छ भने विभिन्न वडामा स्वास्थ्य स्वयमसेविकाद्वारा पनि सचेतना कार्यक्रम योग शिविर जस्ता कार्यक्रम गर्दै आएको उनले बताइन् ।
पछिल्लो समय संघीयतासँगै आयुर्वेदसँग जोडिएका सेवा केन्द्र र यसले दिने सेवा पनि संघ, प्रदेश र स्थानीय तह अन्तरगत रहेर दिँदै आएको बताइन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




