पोखरा ग्रीन टाउनको आयोजनामा महिलाको पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षण शिविर
पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन टाउन र नेपाल अर्बुद रोग निवारण संघ पोखराको आयोजनामा महिलाहरुको लागि पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका १ मा आयोजित उक्त कार्यक्रममा १३८ जना महिला लाभान्वित भएको लायन्स क्लब अफ पोखरा ग्रीन टाउनकी अध्यक्ष बिन्दा रायमाझीले जानकारी दिइन् ।
निःशुल्क स्वास्थ्य परीक्षणसहित आवश्यक औषधी क्लबले निःशुल्क वितरण गरेको छ । प्रजातन्त्र दिवसको दिन आयोजित कार्यक्रमलाई अन्नपूर्ण गाउँपालिका वडा नं. १ ले समन्वय गरेको हो । प्रदेश सांसद गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महिला रोग विशेषज्ञ डा. चण्डिका पण्डित लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

कार्यक्रममा प्रदेश सांसद देबका पहारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, उपाध्यक्ष चन्द्र अधिकारी, वडा नं. १ का वडा अध्यक्ष तुलसीप्रसाद अधिकारी, विद्यालय ःव्यवस्थापन समितिका अध्यक्ष अनन्त सुवेदी, प्राध्यापक फणिन्द्र सुवेदी, लायन्सका रिजन चियरपर्सन मैना अर्याल लगायतको उपस्थिति थियो ।
क्लबका अध्यक्ष विन्दा रायमाझीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...




