मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

  • खबर सेवा

  • बुधबार, मंसिर २६, २०८१

  • 55
    SHARES
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई छुट दिन विभिन्न संस्थासंग समझदारी गरेको छ । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासंग सम्झौता गरेको हो ।

महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्झौता गरिएका संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । कमलादीमा सञ्चालित स्काईवाक टावर (वन्डर्स नेपाल प्रालि) ले प्रवेश शुल्कमा १५ प्रतिशत, काठमाडौंको विशलनगरमा रहेको चेरिस गु्रप प्रालिमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म, ललितपुरको अमैचा सानेपामा कपडा खरिदमा १० प्रतिशत, भैंसेपाटीमा अवस्थित मलाला युनिसेक्स सैलुन प्रालिले ब्युटिसियन सेवामा १० प्रतिशत छुट दिइने भएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बंैकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । महालक्ष्मी विकास बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology