शैक्षिक परामर्श व्यवसायी संघ (EPCAN) , नेपालले यहि मिति २०८१/पौष/२० गते सनिबार बिहान ८ बजे एलिस रिसेप्सन ( Alice Reception) गैरीधारा काठमाडौँ मा दोस्रो बार्षिक साधारण सभा गर्ने तयारी गरेको छ। शैक्षिक परामर्श व्यवसायी संघ , नेपाल नेपालको शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन रहेको छ , यसका हालका अध्यक्ष प्रजोल बस्नेत रहेका छन।
उक्त कार्यक्रममा महासचिब , कोषाध्यक्षले प्रतिबेदन प्रस्तुत गर्ने तथा लेखा परिक्षकको नियुक्ति गर्ने छ। थप जानकारीको लागि संघ को कार्यालय कमलादी मा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ।
सम्बन्धित समाचार