काठमाडौँ , ११ पुसः आज बसेको बागमती प्रदेश मन्त्रि परिसदको बैठकले उप-सचिव खुविराम अधिकारीको सचिब पदमा पदस्थापन गरेको छ।
अधिकारी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रशासन, योजना तथा शिक्षा विकास महाशाखामा कार्यरत थिए । उनि हालसालै प्रदेश निजामती ऎन अनुसार बढुवा भएका खुविराम अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।
उनले पछिल्लो समय बागमती प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श क्षेत्रमा आमुल परिवर्तन ल्याउनमा ठुलो भूमिका खेलेका छन्। उनी दर्ता तथा नबिकरण हुन रोकिएका सयौ सस्थाहरुलाई समयमानै अनुगमन गर्ने तथा उनीहरुको समयमा नै काम निरुपण गर्ने अब्बल कर्मचारिको कोटिमा गर्दछन। खबरसेवाले गरेको सर्बेक्षेणमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत हालसालै दर्ता नबिकरण गरेका शैक्षिक परामर्श सस्थाका प्रतिनिधीहरुले उनको काम गर्ने शैलीको नबिन र उदारणीय भएको जनाएका छन्।