काठमाडौँ। लामो समयदेखि काठमाडौँकेन्द्रित पत्रकार गरेका श्यामसुन्दर पुडासैनीको निधन भएको छ। नेपाल भ्युज अनलाइनमा कार्यरत युवा पत्रकार पुडासैनीको हृदयघातका कारण निधन भएको जनाइएको छ।
गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइएको थियो।
प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाइन पत्रिकामा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए । आज पोस्टम्याटमपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।