बुधबार, पुस २४, २०८१
English
Follow us:

दुई ठाउँमा चुनाव हारेपछि सर्वेन्द्र खनालले छाडे एमाले

दुई ठाउँमा चुनाव हारेपछि सर्वेन्द्र खनालले छाडे एमाले

  • खबर सेवा

  • सोमवार, पुस २२, २०८१

  • 11
    SHARES
दुई ठाउँमा चुनाव हारेपछि सर्वेन्द्र खनालले छाडे एमाले
सर्वेन्द्रलाई पार्टी प्रवेश गराउँदै ओली। फाइल तस्बिर

काठमाडौँ। दुईदुई ठाउँबाट टिकट पाएर पनि जित देख्न नपाएका नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले अन्ततः नेकपा एमाले छाडेको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’

आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन्। ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु।’

पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे। उनी गएको निर्वाचनमा काठमाडौँ ६ बाट उठेका थिए। त्यहाँबाट उनको हार भयो। उपनिर्वाचनमा तनहुँबाट उठे। रास्वपाका स्वर्णीम वाग्लेसँग उनी पराजय बने। त्यसपछि निष्कृय रहेका उनी अन्ततः एमाले नै छाडेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology