काठमाडौँ। कोरियाबाट फर्किएकाहरूको(रिटर्नी) साझा संस्था अंकुर नेपालको १२ औँ साधारण सभा एवं छैटौँ अधिवेशन आउँदो २७ पुसमा हुने भएको छ।
संस्थाले सोही दिन साधारणसभा तोकिएकोले उपस्थितिका लागि सम्पूर्ण आजीवन सदस्य, कार्य समिति पदाधिकारी, सल्लाहकार र सबै सदस्यलाई निमन्त्रणा दिएको छ। कार्यक्रम सोही दिन ठमेल स्थित होटल ठमेल पार्कमा हुने जनाइएको छ। संस्थाले कार्यक्रम बिहान १० बजेदेखि २ बजेसम्म हुने भएकाले समयमै उपस्थितिका लागि अनुरोध गरेको छ।
‘अंकुर नेपालको चाहना, स्वदेशमै रोजगारीको सिर्जना’ नामक नारा लिएर नेपालमा लामो समयदेखि अंकुरले काम गरिरहेको छ। कार्यक्रम भव्य बनाउन उपस्थिति जनाइदिन समेत संस्थाले अनुरोध गरेको छ।