काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको हिरासतबाट रिहा भएका छन्। उनी रिहा भएसँगै कार्यकर्तालाई हात हल्लाउँदै गाडीमा पसेका छन्।
उनलाई आजै जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनले बैंक ग्यारेन्टी देखाएपछि रिहा हुन लागेका हुन्।