प्रमुख खवर

रूपन्देही अदालतमा उपस्थित भए रवि

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बुधबार कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएको बताए।

बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएको थियो। लामिछाने मंगलबार साँझ नै केही कानुन व्यवसायीको साथमा भैरहवा आएका थिए।

लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने माघ २ गते काठमाडौं अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

यी सहकारीहरूबाट लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गैरकानुनी रूपमा बचत आएको देखिएको थियो।

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...