काठमाडौँ। काठमाडौँको बाल्मिकी क्याम्पसमा आफ्ना माग पूरा नभएको भन्दै नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले तालाबन्दी गरेको छ। विद्यार्थी बिमा गर्नुपर्ने, विद्यालय अभाव व्यवस्थापन गर्नुपर्नेजस्ता माग राख्दा समेत प्रशासन मौन बसेको भन्दै संगठनले तालाबन्दीगरेको हो।
संगठनका क्याम्पस अध्यक्ष प्रबजन उपाध्यायले हस्ताक्षर गरेको विज्ञप्ति क्याम्पसलाई बुझाउँदै उनीहरूले तालाबन्दी गरेको हो।