शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

सभापति कप : सडन डेथमा संकटाको जित, मछिन्द्रको हार

सभापति कप : सडन डेथमा संकटाको जित, मछिन्द्रको हार

  • खबर सेवा

  • सोमवार, माघ १४, २०८१

  • 84
    SHARES
सभापति कप : सडन डेथमा संकटाको जित, मछिन्द्रको हार

काठमाडौं। सभापति कप फुटबलमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ। संकटाले मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै सभापति कपको फाइनल यात्रा तय गरेको हो। सोमबार दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा संकटा ८-७ को रोमाञ्चक जित निकाल्न सफल भयो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो। संकटाका कप्तान तथा गोलरक्षक दीप कार्कीले आयुष घलानको प्रहार बचाउँदै खेलमा निर्णायक भूमिका खेले। मछिन्द्रका लागि दयानन्द सिंहको प्रहार भने बाहिरिएको थियो।

संकटाका लागि इमान बोएटाङले निर्णायक पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। संकटाका अन्य खेलाडीहरू राम थापा, श्रीजन क्षेत्री, सन्तोष खत्री, साम कार्लोस, दीप कार्की, अबेका रिचर्ड, र रोश पहारीले पनि पेनाल्टीमार्फत गोल गरेका थिए।

मछिन्द्रको तर्फबाट समीरराज थोकर, दिवाकर चौधरी, सनिष श्रेष्ठ, ओमोलाजा नुरिन करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, र विमल घर्तिमगरले गोल गरे। संकटाले उपाधिका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र न्युरोड टिम एनआरटीको विजेतासँग खेल्ने छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology