शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

सभापति कपको उपाधि संकटलाई, स्तब्ध आयोजक

सभापति कपको उपाधि संकटलाई, स्तब्ध आयोजक

  • खबर सेवा

  • बिहिबार, माघ १७, २०८१

  • 85
    SHARES
सभापति कपको उपाधि संकटलाई, स्तब्ध आयोजक

काठमाडौं। गोलकिपर एवं कप्तान दीप‌ कार्कीले सडन डेथमा प्रहार बचाउ गरेसँगै संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको पहिलो उपाधि हात पारेको छ।

आयोजक बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) लाई बिहीबार सडन डेथमा हराउँदै संकटाले उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि खेल सडन डेथमा धकेलिएको थियो। समग्रमा संकटाले ४-३ को जित निकाल्यो।

गोलकिपर विकेश कुथुले पेनाल्टी सुटआउटमा २ पेनाल्टी रोके पनि बागमतीलाई जित दिलाउन सकेन। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगिताको विजेता संकटाले २६ लाख र बागमतीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology