बुधबार, माघ २३, २०८१
English
Follow us:

झापामा मोटरसाइकल दुर्घटनामा पुरुषको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा पुरुषको मृत्यु

  • खबर सेवा

  • सोमवार, माघ २१, २०८१

  • 33
    SHARES
झापामा मोटरसाइकल दुर्घटनामा पुरुषको मृत्यु

काठमाडौँ। झापामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको हो।

टाउको र निधारमा चोट लागेर गम्भीर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology