बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

धादिङमा हायस दुर्घटना, ५ घाइते [घाइतेको नामावलीसहित]

धादिङमा हायस दुर्घटना, ५ घाइते [घाइतेको नामावलीसहित]

  • खबर सेवा

  • शनिबार, माघ २६, २०८१

  • 72
    SHARES
धादिङमा हायस दुर्घटना, ५ घाइते [घाइतेको नामावलीसहित]

काठमाडौँ। चितवनको नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना हुँदा केही व्यक्ति घाइते भएका छन्। शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका १० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। दुर्घटनामा भएको माइक्रोमा १४ जना यात्रु सवार थिए। उनीहरूमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरू पाँचै जना चितवनका छन्। घाइते हुनेमा चितवनको भरतपुर ९ का ४३ वर्षका प्रकाश अधिकारी, सोही स्थानका ५० वर्षीय मनबहादुर पुन, भरतपुर ८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल, सोही स्थानकी २३ वर्षीया अञ्जली रिजाल र हाइसका सहचालक भरतपुर ५ बस्ने ५० वर्षका सुर्दशन थापा घाइते भएका हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology