
काठमाडौँ। काठमाडौँको बूढानीलकण्ठको एक घरमा प्रहरीले छापा छान्दा २३ जना पक्राउ परेका छन्। अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।
पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन्। कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको एसएसपी अधिकारीले जानकारी दिए । सो घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप बरामद गरेको छ।