बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

शान्दार मःम पसलमा ग्याँस विष्फोट प्रकरण : थप एकको मृत्यु

शान्दार मःम पसलमा ग्याँस विष्फोट प्रकरण : थप एकको मृत्यु

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २, २०८१

  • 46
    SHARES
शान्दार मःम पसलमा ग्याँस विष्फोट प्रकरण : थप एकको मृत्यु

काठमाडौँ। कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ। माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए।

तामाङ उदयपुरको गढी गाउँपालिका–७ का स्थानीय हुन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेले ज्यान गुमाएका थिए।

दुर्घटनामा परेका ८ जनाको कीर्तिपुरमा उपचार हुँदैछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology