बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

हमासले छाड्यो ३ बन्धक

हमासले छाड्यो ३ बन्धक

  • खबर सेवा

  • शनिबार, फाल्गुन ३, २०८१

  • 48
    SHARES
हमासले छाड्यो ३ बन्धक

हमासले शनिवार थप तीनजना इजरेली बन्धक मुक्त गरेको छ। त्यसको बदलामा इजरेली जेलहरूमा रहेका ३६० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू छुट्दैछन्। मुक्त भएका बन्धकहरू अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेन छन्। ती पुरुषहरू गत सात रिहा गरिएका बन्धकहरूजस्तो कमजोर देखिएका थिएनन्।

गाजाको दक्षिणमा पर्ने खान युनिस सहरमा रेडक्रसलाई बन्धक हस्तान्तरण गर्न तयार पारिएको मञ्च वरपर बिहानैदेखि हमास र अन्य प्यालेस्टिनी समूहका लडाकुहरू भेला भएका थिए।

ज्यानुअरी १९ मा हमास र इजरेलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौँ पटकको बन्धक रिहा हो। गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा इजरेलको तेल अभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएर उक्त प्रक्रिया हेरेका थिए। बन्धकहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि उनीहरू खुसीले चिच्याएका थिए।

यसअघि गत सोमवार हमासले इजरेललाई युद्धविरामका सर्त उल्लंघन गरेको भन्दै बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो। बीबीसीबाट


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology