समाचार

अर्थमन्त्री र मेयरको स्वासनली र फोक्सोमा असर देखिने सम्भावना छ : अस्पताल

काठमाडौँ। पोखरामा आज (शनिबार) भएको बेलुन जलेर पड्किँदा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा चलिरहेको छ।

बेलुनमा आगो सल्केपछि विष्फोट हुँदा घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचार गरिँदैछ। अस्पतालका अनुसार अहिले उनीहरूको उपचार सघन कक्षमा भइरहेको छ।

चिकित्सकको प्रारम्भिक अनुसन्धानअनुसार ५ देखि ६ प्रतिशत अनुहारमा जलन छ। यही कारण स्वासनली र फोकसोमा असर देखिने सम्भावना छ।

चिकित्सकले निकालेको विज्ञप्तिअनुसार दुवैजनालाई उच्च निगरानीमा उपचार गर्नुपर्ने देखिन्छ। पोखरा भ्रमण वर्षको उद्घाटनशत्रको कार्यक्रममा सहभागी हुँदा बेलुन विष्फोट भएको थियो। अर्थमन्त्री र मेयरबाहेक अन्यलाई भने विष्फोटले असर नगरेको सहभागी एकजना बताउँछन्।

सम्बन्धित समाचार

वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ

वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ

काठमाडौं। वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार,...

खोटाङमा आफैलाई छुरा प्रहार गरेर पुरुष गम्भीर घाइते

खोटाङ । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार...

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

चितवन । बागलुङ नगरपालिका १, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान...

कति छ काठमाडौंको तापक्रम?

कति छ काठमाडौंको तापक्रम?

काठमाडौं । आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार बिहान ५:४५ बजे...