
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तानशाह भनेका छन्।
जेलेन्स्कीले युद्धबारे रूसले फैलाएको भ्रममा ट्रम्प पनि परेको भनेर अभिव्यक्ति दिएपछि ट्रम्पले जेलेन्स्कीलाई तानशाह भनेका हुन्।
जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ मा समाप्त हुन्थ्यो। तर तीन वर्षदेखि रूससँग युद्धमा रहेका कारण युक्रेनमा चुनाव हुन सकेको छैन।
ट्रम्पले भने देशभित्र लोकप्रियता घटेका कारण जेलेन्स्कीले चुनाव गराउन नचाहेको बताएका थिए। उनले जेलेन्स्कीको लोकप्रियता चार प्रतिशत मात्रै भएको बताएका थिए। एजेन्सीबाट