
काठमाडौँ। जाजरकोटमा आगलागीमा परेर १२ वर्षीय बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका–८, ग्राक्लीस्थित जनक रोकायको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति १२ बजेतिर रोकायको दुई तले कच्ची घरमा आलगाली भएको थियो । घरको माथिल्लो तलामा खाना बनाउन बालिएको आगो एक्कासी फैलिएपछि सोही कोठामा सुतिरहेका जनकका छोरा अम्मरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जल्नुका साथै लाखौँ रुपैयाँको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा सोमबार बिहान ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।