शनिबार, चैत्र १, २०८१
English
Follow us:

नदीमा नुहाउन जाँदा डुबेर दुई किशोरको मृत्यु

नदीमा नुहाउन जाँदा डुबेर दुई किशोरको मृत्यु

  • खबर सेवा

  • शनिबार, चैत्र १, २०८१

  • 32
    SHARES
नदीमा नुहाउन जाँदा डुबेर दुई किशोरको मृत्यु
प्रतिकात्मक तस्बिर

कैलाली। कैलालीमा नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ। शुक्रबार दिउँसो धनगढी नगरपालिका १९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय १६ वर्षीय दिनेश ओझा र १५ वर्षीय आशिष ओझा छन्। कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार शुक्रबार दिउँसो तीन बजे नुहाउन भनेर आशिष र दिनेश चारजना साथीहरूसँगै गएका थिए।

१६ वर्षीय करणसिंह धामी, १५ वर्षीय आदर्श पुजाराले उनीहरू डुबेको खबर गरेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए। खोजी गर्दा साँझ ५ बजेर ५ मिनेटमा दिनेश ओझा र ५स्२५ बजे आशिलाई नदीबाट मृत अवस्थामा निकालिएको डिएसपी बोहराले बताए। शव पोस्टमर्टमपछि परिवारको जिम्मा लगाइने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology