सोमवार, चैत्र २४, २०८१
English
Follow us:

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते

  • खबर सेवा

  • आइतवार, चैत्र २३, २०८१

  • 23
    SHARES
अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची। अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिंगल क्याब) अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा मालारानी–४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

दुर्घटनामा मालारानी–४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन्। ती घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ।

जिप सडकबाट झन्डै २०० मिटर तल खसेको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology