शुक्रबार, बैशाख ५, २०८२
English
Follow us:

ओलीको आशंका : भ्रष्टाचार भइरहेको हुन सक्छ

ओलीको आशंका : भ्रष्टाचार भइरहेको हुन सक्छ

  • खबर सेवा

  • बुधबार, चैत्र २६, २०८१

  • 49
    SHARES
ओलीको आशंका : भ्रष्टाचार भइरहेको हुन सक्छ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सुशासन र विकास आवश्यक परेको बताएका छन्। बुधबार भएको चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरूको पनि सहयोग चाहिन्छ।’

उनले देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टी मिलेर सरकार बनेको पनि बताए। ‘त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ। त्यसकारण तपाईंहरू ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने।

चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology