सोमवार, बैशाख ८, २०८२
English
Follow us:

ताप्लेजुङमा विजुलीको पोलबाट जिपमा लाग्यो आगो, ४ जनाको मृत्यु

ताप्लेजुङमा विजुलीको पोलबाट जिपमा लाग्यो आगो, ४ जनाको मृत्यु

  • खबर सेवा

  • सोमवार, बैशाख ८, २०८२

  • 23
    SHARES
ताप्लेजुङमा विजुलीको पोलबाट जिपमा लाग्यो आगो, ४ जनाको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौँ। ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology