बुधबार, भदौ ११, २०८२
English
Follow us:

पोप फ्रान्सिसको निधन

पोप फ्रान्सिसको निधन

  • खबर सेवा

  • सोमवार, बैशाख ८, २०८२

  • 113
    SHARES
पोप फ्रान्सिसको निधन

काठमाडौं। पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ। भ्याटिकनको सेन्ट पिटर्स स्क्वायरमा ‘इस्टर सन्डे’ का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको हो।

‘प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपरेको छ’, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने, ‘आज बिहान ७ः३५ बजे रोमका बिसप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो।’

उनी गम्भीर बिमारी थिए। इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भएको हो। आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै इस्टरको शुभकामना दिएका थिए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology