शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

पाल्पामा जिप दुर्घटना हुँदा ३ को मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा ३ को मृत्यु

  • खबर सेवा

  • सोमवार, बैशाख १५, २०८२

  • 43
    SHARES
पाल्पामा जिप दुर्घटना हुँदा ३ को मृत्यु

काठमाडौँ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। यसैगरी दुई जना घाइते भएका छन्।

गएराति लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology