बुधबार, भदौ ११, २०८२
English
Follow us:

ट्रम्पले सुरक्षा सल्लाहकार वाल्ट्जलाई गरे बर्खास्त

ट्रम्पले सुरक्षा सल्लाहकार वाल्ट्जलाई गरे बर्खास्त

  • खबर सेवा

  • शुक्रबार, बैशाख १९, २०८२

  • 89
    SHARES
ट्रम्पले सुरक्षा सल्लाहकार वाल्ट्जलाई गरे बर्खास्त
शपथ समारोहमा मन्तब्य राख्दै ट्रम्प। तस्बिर : एपी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरेका छन् । ट्रम्पले उनलाई संयुक्त राष्ट्रसंघमा राजदूत नियुक्त गर्ने घोषणा गरेका छन्। सामाजिक संजालमार्फत ट्रम्पले वाल्ट्जको सेवाको लागि धन्यवाद दिँदै उनको स्थानमा विदेश मन्त्री मार्को रुबियोले अस्थायी रूपमा कार्यभार सम्हाल्ने जानकारी दिएका छन्।

अमेरिकाको संवेदनशील सैन्य योजना छलफल हुने एउटा समूह च्याटको सदस्यमा वाल्ट्जले भूलवस एक पत्रकारलाई समावेश गरेको घटनापछि आलोचना झेल्नुपरेको थियो। त्यसपछि अमेरिकी सैन्य योजना लिक (चुहावट) भएको थियो। फ्लोरिडाका पूर्व कांग्रेस (तल्लो संसद्) सदस्य वाल्ट्ज ट्रम्पको दोस्रो कार्यकालमा ट्रम्प प्रशासनको पदबाट हट्ने पहिलो वरिष्ठ पदाधिकारी भएको बीबीसीले जनाएको छ ।

ट्रम्पले लेखेका छन्, ‘सेना, लडाईं र कांग्रेस (तल्लो सदन)मा र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा माइक वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई प्राथमिकता दिन कडा मिहिनेत गरे । नयाँ भूमिकामा पनि उनी यो जारी राख्नेछन्।’

वाल्ट्जले एक्समा राष्ट्रपतिको घोषणाको स्क्रिनसटसहित छोटो पोष्ट गर्दै लेखे, ‘राष्ट्रपति ट्रम्प र हाम्रो महान देशप्रति सेवा जारी राख्न पाउँदा सम्मानित महसुस गरिरहेको छु।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology