बुधबार, भदौ ११, २०८२
English
Follow us:

भारत-पाकिस्तानबीच युद्धविराम

भारत-पाकिस्तानबीच युद्धविराम

  • खबर सेवा

  • शनिबार, बैशाख २७, २०८२

  • 157
    SHARES
भारत-पाकिस्तानबीच युद्धविराम

काठमाडौं। भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए ।

पाकिस्तानी विदेशमन्त्री इशाक डारले एक ट्वीट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । उता भारतीय विदेशसचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबारै अमेरिकी विदेशमन्त्रीले भारतीय र पाकिस्तानी विदेशमन्त्री तथा पाकिस्तानी सेना प्रमुखसँग फोनमा वार्ता गरेका थिए ।

काश्मिरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै मिसाइल आक्रमण गरेको थियो । भारतले आक्रमण गरेको तेस्रो दिन पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology