बिहिबार, असार ५, २०८२
English
Follow us:

विभिन्न राजमार्ग ६ ठाउँमा अवरूद्ध, चार ठाउँमा सवारी एकतर्फी

विभिन्न राजमार्ग ६ ठाउँमा अवरूद्ध, चार ठाउँमा सवारी एकतर्फी

  • खबर सेवा

  • बिहिबार, असार ५, २०८२

  • 3
    SHARES
विभिन्न राजमार्ग ६ ठाउँमा अवरूद्ध, चार ठाउँमा सवारी एकतर्फी

काठमाण्डौं। पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ।

प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए।

उनका अनुसार अहिले सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ।

भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ। सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् ।

यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology