शुक्रबार, असार ६, २०८२
English
Follow us:

फरार युवा एक महिना पछि पक्राउ

फरार युवा एक महिना पछि पक्राउ

  • खबर सेवा

  • शुक्रबार, असार ६, २०८२

  • 33
    SHARES
फरार युवा एक महिना पछि पक्राउ

काठमाडौं। प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक युवालाई विहीबार साँझ पक्राउ गरेको छ।

करिव एक महिना अघि नै फरार भएका मोरङको बुढीगंगा गाउपािलका–४ बस्ने चिन भन्ने २८ वर्षीय नसरुद्दिन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मिया गत जेठ ६ गते बा ७ ९२६३ नम्बरको मारुती सुजुकी कार चलाएर सुनसरीबाट बुढीगंगा तर्फ गइरहेका बेला प्रहरीले खेदाउँदा खेदाउँदै फरार भएका थिए । उनी दुहवी नगरपालिका–४ मालहट्टीमा कार रोकेर फरार भएका थिए ।

उनले चलाएको कारको डिकी भित्रबाट प्रहरीले ११६ केजी गाँजा बरामद भएको थियो । जेब्रा झोलामा प्याक गरिएको गाँजा मियाले धनकुटाको दक्षिणी भेगका पालिकाबाट ल्याएका थिए । उक्त गाँजा भारतीय बजारमा तस्कर गर्न मियाले कार प्रयोग गरेको प्रहरीले जनाएको छ ।

कार र गाँजा छाडेर फरार रहेका मियालाई प्रहरीले कारकै नम्बर र व्लु बुकको आधारमा खोजतलास गर्दा उनी दुहवीकै मालहट्टी आसपास लुकेर बसेको सुराक पाएपछि थप खोजवीन गर्दा पक्राउ परेका हुन् । प्रहरीले सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology