शुक्रबार, असार ६, २०८२
English
Follow us:

कतिमा कारोबार हुँदैछ सुन?

कतिमा कारोबार हुँदैछ सुन?

  • खबर सेवा

  • शुक्रबार, असार ६, २०८२

  • 24
    SHARES
कतिमा कारोबार हुँदैछ सुन?

काठमाण्डौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।

जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै लागू हुने स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology