शुक्रबार, असार ६, २०८२
English
Follow us:

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

  • खबर सेवा

  • शुक्रबार, असार ६, २०८२

  • 33
    SHARES
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

काठमाडौं। अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दैरखुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्डमा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको हो । यसबारे विस्तृत सूचना सडक डिभिजन कार्यालयले निकाल्नेछ ।

प्रमुख जिल्ला अधिकारी थापाले सडकले सम्भवतस् आइतबारदेखि लागू हुनेगरी त्यस्तो सूचना प्रकाशित हुने बताए । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा राक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको हो ।

गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology