आइतवार, साउन १२, २०८२
English
Follow us:

काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

  • खबर सेवा

  • आइतवार, साउन १२, २०८२

  • 31
    SHARES
काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काठमाडौँ। काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुईजना घाइते छन्। आइतबार पनौती नगरपालिका३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मोटरसाइकल सडकबाट अन्दाजी ६ मिटर तल खस्दा पनौती ५ निवासी ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइक चालक सुजनाका पति ३२ वर्षीय विजय थापा र उनका छोरा ५ वर्षीय बिएन्स थापा घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी सुजनालाई उपचारको लागि शिर मेमोरियल लगिएको थियो। उपचारको क्रममा डाक्टरले उनलाई मृत मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ। उक्त शव पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ। घाइते बावुछोराको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology