सोमवार, साउन १३, २०८२
English
Follow us:

सीतापाइला-धार्के सडकखण्डमा ट्याक्सी दुर्घटना, ७ घाइते

सीतापाइला-धार्के सडकखण्डमा ट्याक्सी दुर्घटना, ७ घाइते

  • खबर सेवा

  • सोमवार, साउन १३, २०८२

  • 27
    SHARES
सीतापाइला-धार्के सडकखण्डमा ट्याक्सी दुर्घटना, ७ घाइते

काठमाडौँ। सीतापाइला-धार्के सडकखण्डमा ट्याक्सी दुर्घटना भएको छ। काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी सोमबार बिहान धुनिवेशी नगरपालिका ५ कुमाइखोलास्थित धार्के-सितापाइला सडकबाट तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल पल्टिएको थियो। दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन्। तीमध्ये दुई जना मध्यम र ४ जना सामान्य घाइते भएको डीएसपी हमालले जानकारी दिए।

घाइतेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका-३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन खड्का, र सात वर्षीया जेशिका गुरूङ छन्। चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि घाइते छन्। घाइतेहरू सबैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology