सोमवार, साउन १३, २०८२
English
Follow us:

कहाँ हराए हायु परिवारका १६ सदस्य?, हालसम्म छैन सम्पर्क

कहाँ हराए हायु परिवारका १६ सदस्य?, हालसम्म छैन सम्पर्क

  • खबर सेवा

  • सोमवार, साउन १३, २०८२

  • 44
    SHARES
कहाँ हराए हायु परिवारका १६ सदस्य?, हालसम्म छैन सम्पर्क

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ ।

गोलन्जोर गाउँपालिका ६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए ।

सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology