
काठमाडौँ। पर्वत समाजले काठमाडौंले आज (साउन ३१ गते शनिबार) का दिन बृहत रक्तदान तथा भेटघाट कार्यक्रम गर्दैछ।
पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहेका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवामा ११ बजेदेखि सुरु हुने रक्तदान जस्तो पवित्र कार्यमा सरिक हुन काठमाडौंमा रहेका पर्वतबासी तथा सम्पूर्ण रक्तदातालाई समाजका अध्यक्ष गणेश शर्माले आह्वान गरेका छन्। उनले निमन्त्रणा पठाएर कार्यक्रममा आउन अनुरोध गरेका छन्। ‘रक्तदान जीवनदान हो। सबै उपस्थित भइदिनुहोला। सबैलाई कार्यक्रममा आउन अनुरोध गरिन्छ।ुशर्माले भनेका छन्, ‘यो पर्वतवासी जोडिने कार्यक्रम हो। सबै उपस्थित भएर सोभा बढाइदिनु अनुरोध गर्दछु।’
पर्वतबासीबीच निकट परिचय, चिन्तन, सहयोग आदानप्रदान लगायतका काम गर्ने लक्ष्यसहित स्थापना भएको संस्थाको कार्यक्रममा सहभागी हुन समाजका अध्यक्ष गणेश शर्माले अनुरोध गरे।
समाजका महासचिव टिकाराम कार्कीले संस्थाले आफ्नो सदस्यता बिस्तारलाई पनि तिब्रताका साथ अगाडि बढाएकाले यस संस्थाको सदस्य बन्न सम्पूर्ण पर्वतबासीलाई आह्वान गरे।