घट्यो नेप्से
काठमाडौं । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । ३८।१० अंक घटेसँगै आज २७८१ मा बन्द भएको छ । सुरुवातमा केही उतारचढाव देखिँदै साढे १ बजेसम्म २८ सयमाथि नै रहेको बजार त्यसपछि थप घट्न पुग्यो ।
बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा ८ अर्ब ९ करोड रुपैयाँको भयो । २४ कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो । आज अधिकांश सेक्टरका सूचक घटे ।
विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घट्यो । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १।७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशत घटे । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशत बढ्यो ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युत्को मूल्य ३।६२, थ्रीस्टार हाइड्रोपावरको ३।४१, एनएलजी इन्स्योरेन्सको ३।१९ तथा पिपुल्स पावरको मूल्य ३।१७ प्रतिशत बढ्यो ।
होटलको मूल्य सबैभन्दा धेरै ४।७१ प्रतिशत घट्यो । लुम्बिनी विकास बैंकको ४।१८, सांग्रिला डेभलपमेन्ट बैंकको ३।८७, सिक्लेस हाइड्रोपावरको ३।८० तथा जनउत्थान सामुदायिक लघुवित्तको ३।६६ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि छन् ।
ताजा अपडेट
-
१.
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
-
२.
भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
-
३.
दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा
-
४.
प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती
-
५.
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




