प्रमुख खवर

कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा लागूऔषध कारोवार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय मनोज बस्नेतलाई पक्राउ गरेको हो । इलाका  कार्यालय मालाखेतीकाअनुसार बस्नेतलाई बुधबार राति ८ बजे खैरो हेरोइन सेवन गरिरहेका अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको थियोे ।

त्यसपछि उनको घर तथा कोठा तलासी गर्ने क्रममा लुकाइछिपाई राखेको अवस्थामा १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले उनको घर तलासीका क्रममा पाँच हजार ८९५ नगद, एउटा तराजु र बस्नेतले प्रयोग गर्दै आएको भे ४ प २३७५ नम्बरको स्कुटी समेत बरामद गरेको छ ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीले हिरासतमा राखेको छ ।

 

 

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...