सरकारले निर्वाचनको वातावरण बनाउन सकेन : विष्णु पौडेल
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको आरोप लगाउनुभयो । दलहरुको विकल्प दलहरु मात्र हुन सक्छ । दलहरुलाई निषेध गरेर निर्वाचन हुन नसक्ने उहाँले बताउनुभयो ।
रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा देशमा राजनीतिक स्थायित्व , सुशासन र समृद्धिमा नेकपा ९एमाले० को नीति र रिटर्नीको भूमिका विषयमा आयोजित नीति संवादमा पौडेलले विदेशबाट फर्केकाहरुको सीप र पुँजीलाई एकीकृत गरेर देश विकासमा लगाउनुपर्ने बताउँदै नवयुग ईन्भेस्टमेन्ट जस्ता कम्पनी खोलेर रिटर्नी फेडेरेसनले सातै प्रदेशमा उदाहरणीय काम गर्न आग्रह गर्नुभयो।
उहाँले सही नीति र नेतृत्वले मात्र देश समृद् बन्ने बताउनु भयो। साथै उहाँले फेडेरेसनको वेबसाईटको शुभारम्भ गर्नुभयो।
फेडेरेसन निवर्तमान ईन्चार्ज डा. कृष्ण बहादुर केसीले रिटर्नी ठोस कार्यक्रम सहित पार्टीमा आउनु पर्ने धारणा राख्नु भयो। हार र जीतको मानसिकताबाट माथि उठेर पार्टी एकतामा लाग्न आग्रह गर्नुभयो। केसीलाई संगठनलाई महत्वपूर्ण योगदान पुऱ्याएकोमा सम्मान गरिएको छ।
एमाले केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले विषयगत प्रस्तुती गर्दै छोटो समयमा फेडेरेसनले पार्टीमा आफ्नो परिचय निर्माण गरेको बताउनुभयो । राजनीतिक स्थायित्व विना देश समृद्ध नहुने धारणा राख्न भयो। ५ वर्षे स्थायी सरकारले मात्र विकास निर्माणको खाका कोर्न सक्ने उहाँको भनाइ थियो ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी का निवर्तमान अध्यक्ष तथा र एमाले केन्द्रिय सदस्य संजय थापाले आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने ठाउँ सामाजिक सञ्जाललाई नबनाउन आग्रह गर्नु भयो। महासचिव खेम कार्कीको संचालन,निवर्तमान महासचिव जे पी सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियो भने फेडेरेसनका उपाध्यक्ष जितेन्द्र बानियाँले पार्टीको नीति र फेडेरेसनको भूमिका संबन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
ताजा अपडेट
-
१.
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
-
२.
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
-
३.
वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
-
४.
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
४.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
५.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सम्बन्धित समाचार
बन्दुकको युद्ध सकियो, अब आर्थिक युद्ध सुरु हुन्छ : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो व्यवस्था फेर्न बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न...
६३ जिल्लाको एक करोड ७१ लाख मतपत्र छापियो, १४ जिल्लाको कहिले?
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको...
कांग्रेसले फागुन ३ मा घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं। नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ती जारी गरी आगामी फागुन...
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ। प्रतिनिधि सभाको...




