मुख्य समाचार

जनयुद्धको उत्प्रेरणा र ऊर्जासहित अब अघि बढ्ने छौं : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गर्नुभएको छ।

जनयुद्धको आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकाना दिंदै उहाँले जनयुद्धका स्मृतिहरू ताजा भएको बताउनुभयो।

‘यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरणहरू ताजा भएर आएका छन्,’ उहाँले भन्नुभयो, ‘जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ।’

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गर्नुभयो।

‘यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,’ उनले थप्नुभयो, ‘म यहाँ आउँदा अलिकति भावुक भएको छु ।जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जा सहित अब अघि बढ्ने छौं ।’

सम्बन्धित समाचार

जिल्ला पठाउन थालियो मतपत्र

जिल्ला पठाउन थालियो मतपत्र

काठमाडौं। फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला जिल्लामा मतपत्र पठाउन थालिएको छ। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १०...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास खनिज ग्यासको भण्डारण

काठमाडौं। यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं। सेयरबजार आज ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ करोड ७७ लाख...