अन्तर्राष्ट्रिय

जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण

जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी डलरको खुद घाटा हुने प्रक्षेपण गरेको छ । यो निसानका लागि लगातार दोस्रो वर्षको घाटा हुनेछ ।

अघिल्लो आर्थिक वर्षमा ६७०।९ अर्ब येनको खुद घाटा बेहोरेको यस गाडी निर्माताले उच्च अमेरिकी भन्सार महसुलका साथै जापान र संयुक्त राज्य अमेरिकामा जारी कमजोर विक्रीलाई यसको कारण बताएको छ । डिसेम्बरसम्मको नौ महिनाको अवधिमा कम्पनीले २५०।२ अर्ब येनको खुद घाटा रिपोर्ट गरेको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा ५।१ अर्ब येन नाफा भएको थियो । त्यसैगरी, अघिल्लो वर्ष ६४।०१ अर्ब येन सञ्चालन नाफा भएकोमा यस पटक १०।११ अर्ब येन सञ्चालन घाटा भएको छ ।

आफ्नो नाफा पुनः प्राप्त गर्ने प्रयासमा निसानले व्यापक सुदृढीकरण अभियान चलाइरहेको छ । यस अन्तर्गत कम्पनीले विश्वभर आफ्ना कारखानाहरूको संख्या १७ बाट घटाएर १० मा सीमित गर्ने र आर्थिक वर्ष २०२७ सम्ममा २० हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ । संघर्षरत कार निर्माताले पुनर्संरचना लागतको विस्तृत विवरण भने गोप्य राखेको छ । मुख्य कार्यकारी अधिकृत इभान एस्पिनोसाले पत्रकार सम्मेलनमा कम्पनीको कार्यबल घटाउने गति तालिका भन्दा केही अगाडि बढिरहेको बताएका छन् ।

सम्बन्धित समाचार

मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा ‘जुद’/मशगम भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ...

भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत

भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत

भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७...

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले...