नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिएपनि नीतिगत बहस आर्थिक वृद्धिमा मात्र सिमित भएको बताउनु भयो । उहाँले उत्पादन र आर्थिक वृद्धि तत्कालिन अवस्थामा महत्वपूर्ण विषय भएको कारण समेत त्यससँग जोडिएका अन्य महत्वपूर्ण विषयमा पर्याप्त ध्यान दिन नसकिएको उहाँको बुझाइ छ । उहाँले आर्थिक वृद्धिसँगै वितरण र पुनर्वितरणको विषयमा अहिले पनि स्पष्ट धारणा बनाउन नसकिएको तर्क गर्नुभयो । उहाँले औद्योगिक रूपान्तरणसम्बन्धी परम्परागत दृष्टिकोणलाई नीति मन्त्रझैँ अंगिकार गरिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले ८० को दशकलाई आर्थिक सुधारको प्रथम बिन्दु मान्ने हो भने सम्भवतः पहिलो पुस्ताको सुधारको दशक पनि त्यही थियो । तर त्यतिबेलाका बहस र डायलगहरु हेर्ने हो भने हामी ग्रोथतिर मात्र अल्झियौँ । तर त्यतिबेला उत्पादन वृद्धि महत्वपूर्ण विषय भएको कारण हामी अल्झिनै पर्ने अवस्था पनि थियो । तर त्योसँग जोडिएका महत्वपूर्ण विषयवस्तुमा पर्याप्त ध्यान दिन सकेनौँ कि जस्तो लाग्छ । त्योसँग जोडिएको महत्वपूर्ण कुरा वितरण थियो । हामीले वितरण र पुनर्वितरणको विषयमा अहिले पनि हामी स्पष्ट भइसकेका छैनौँ । एउटा इन्डस्ट्रीको ट्रान्जिसनको कन्भेसनल एप्रोचलाई हामीले मुलमन्त्र जस्तो मान्यौँ । एग्रिकल्चरबाट इन्डस्ट्री, इन्डस्ट्रीबाट सर्भिस भन्यौँ । तर यो विषयमा हामीले त्यत्रो छलफल पनि गरेनौँ ।’
उहाँले आर्थिक सुधारको वर्षौँसम्मको बहसमा हसमा संरचनात्मक रूपान्तरण र आय वितरणको स्पष्ट खाका तयार हुन बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना
-
२.
मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
-
३.
भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
-
४.
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
-
५.
नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...
आज घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...




