देशभक्त समाजद्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं । देशको राजनीतिक निकास तथा हिन्दू धर्म–संस्कार र संस्कृतिको संरक्षणका मागसहित देशभक्त समाजले देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
समाजले आइतबार जारी गरेको विज्ञप्तिमा देशको मौलिक मूल्य–मान्यता र धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आन्दोलन सुरु गर्न लागिएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार मिति २०८२ साल ११ गते बिहान ११:०० बजेदेखि देशभर आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
देशभक्त वैदिक सनातन हिन्दू समाजका केन्द्रीय अध्यक्ष चूडामणि खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा सनातन हिन्दू समाजका सबै संघ–संस्थालाई आ–आफ्नो पायक पर्ने स्थानमा उपस्थित भई प्रदर्शनमा सहभागिता जनाउन अनुरोध गरिएको छ।
समाजले आन्दोलन माग पूरा नभएसम्म निरन्तर जारी रहने पनि स्पष्ट पारेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सम्बन्धित समाचार
मच्छिन्द्रले चुम्यो सातौँ झापा गोल्डकपको उपाधि
काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको...
आँधी खोलामा छाडिए १२ हजार भुरा माछा
पुतलीबजार । स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधी खोलामा १२ हजार भुरा माछा छाडिएको छ । नदीमा बढ्दो प्रदूषण, अवैध...
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारी अनुमति नलिए जफत गरिने
काठमाडौँ। सरकारले पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण गर्नका लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ। संस्कृति, पर्यटन तथा...
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई...




