मुख्य समाचार

अब कर्णालीका सुइना, हाम्रा सुइना : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको भूगोल, संस्कृति र प्रचुर सम्भावनालाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ।

मुगुस्थित ‘स्वर्गकी अप्सरा’ उपनामले परिचित रारा तालको किनारबाट कर्णालीको समृद्धिको ढोका खोल्ने ‘वाचापत्र’ सार्वजनिक गर्दै नेता साहले यस्तो बताउनुभएको हो।

सम्बोधनका क्रममा साहले कर्णालीको भौगोलिक विशिष्टताको चर्चा गर्दै देशको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा लामो नदी कर्णाली र सबैभन्दा गहिरो ताल फोक्सुण्डो कर्णालीमै रहेको बताउनुभयो।

तर यो गहिराइलाई अहिलेसम्मका कुनै पनि सरकार वा राजनीतिक दलले बुझ्न नसकेको बताउनुभयो। कर्णालीको गहिराइ बुझ्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएको उहाँको भनाइ छ।

कर्णालीको आर्थिक अवस्थामाथि चिन्ता व्यक्त गर्दै उहाँले डोल्पाको बहुमूल्य यार्सागुम्बा विश्व बजारमा पुग्ने भए पनि कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापासम्म पुग्न नसक्नु विडम्बनापूर्ण रहेको बताउनुभयो।

रास्वपाले कर्णालीको स्थानीय उत्पादनलाई देशभरका भान्सासम्म पुर्‍याउने संयन्त्र निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साहले कर्णालीलाई नेपाली र खस भाषाको उद्गम स्थलका रूपमा स्मरण गर्दै सिञ्जा उपत्यका सभ्यताको संरक्षणमा जोड दिनुभयो।

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...

सीमा नजिकबाट १० लाख रुपियाँको सामान बरामद

सीमा नजिकबाट १० लाख रुपियाँको सामान बरामद

नेपालगन्ज । भारतबाट अवैध रुपले भन्सार छलेर ल्याइएको करिब दश लाख रुपियाँ बरावरको सामान सीमा सुरक्षा गुल्म जमुनाहा नेपालगन्जको...

विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै

विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै

काठमाडौँ। सरकारले विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गर्ने भएको छ । पछिल्लो समय फस्टाइरहेको विद्युतीय व्यापारलाई उद्योग, वाणिज्य...

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

काठमाडौँ। सरकारले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ । अर्थ मन्त्रालयकाअनुसार स्रोतको...