मुख्य समाचार

सीमा नजिकबाट १० लाख रुपियाँको सामान बरामद

नेपालगन्ज । भारतबाट अवैध रुपले भन्सार छलेर ल्याइएको करिब दश लाख रुपियाँ बरावरको सामान सीमा सुरक्षा गुल्म जमुनाहा नेपालगन्जको सशस्त्र प्रहरी टोलीले सीमा नाकाबाट बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी बाँकेले दिएको जानकारीअनुसार सीमा सुरक्षा गुल्म जमुनाहा नेपालगन्जबाट शसस्त्र प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपानेको नेतृत्वमा सीमा क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले नौ लाख ८८ हजार ६५० रुपियाँको विभिन्न अवैध सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार विहीबार विहान करिब २ बजेको समयमा नेपालगन्ज आईसीपीको पूर्वपट्टी पछाडी नेपाल–भारत नाकाको दसगजा नजिक केही व्यक्तिहरुले सामान बोकेर हिडेको देखेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा सामान छाडेर भागेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका भन्सार छलीका अवैध सामानमा मोटरपार्टस् र काँचो कपडा रहेका छन्। बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि शुक्रबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

यसैबिच निर्वाचन नजिकिंदै गर्दा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै गस्तीहरु समेत बृद्धि गरिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भिमबहादुर चन्दले बताउनुभयो।

उहाँले सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण तथा समग्र सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको जनाउँदै त्यसका लागि अन्य सुरक्षा निकायसँग समन्वय गरिएको बताउनुभयो।

बाँकेको आन्तरिक सुरक्षामा समेत तदारुकताका साथ सशस्त्र प्रहरीको परिचालन बढाइएको र शान्ति सुरक्षा कायम राख्न आवश्यक सबै उपाय अपनाइएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरीले जनाएको छ।

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...

अब कर्णालीका सुइना, हाम्रा सुइना : बालेन

अब कर्णालीका सुइना, हाम्रा सुइना : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको भूगोल, संस्कृति र प्रचुर सम्भावनालाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा...

विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै

विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै

काठमाडौँ। सरकारले विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गर्ने भएको छ । पछिल्लो समय फस्टाइरहेको विद्युतीय व्यापारलाई उद्योग, वाणिज्य...

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

काठमाडौँ। सरकारले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ । अर्थ मन्त्रालयकाअनुसार स्रोतको...