प्रमुख खवर

आफ्नो माग पूरा गर्ने शर्तमा मात्र मतदान गर्ने :किसान जाति

झापा । अल्पसंख्यक जातिहरू मध्ये एक जाति राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् ।

मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने शर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन् ।

विगतमा गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न सङ्ग्रहालय बनाइदिने, रोजगारी दिने शर्तमा भोट पाएका जनप्रतिनिधि एकपटक पनि उनीहरुको अवस्था बुझ्न गाउँ नआएपछि यसपटक समुदायका अगुवाहरू बसेर यस्तो धारणा बनाएका हुन् । स्थानीय जोगी किसानले भने, “हाम्रो सङ्ग्रालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिन्छौँ ।” किसान समुदायले मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन सुरु गरेको छ । बजेट अभावमा भने सो काम अधुरै छ ।

विसं २०६० मा किसान समुदाय सङ्गठित भएर ‘किसान समुदाय विकास प्रतिष्ठान’को स्थापना गरेका थिए । सङ्ग्रालय बनाउने सोचका साथ स्थापना गरेको प्रतिष्ठानलाई कहीँकतैबाट पनि सहयोग नभएपछि गत वर्ष आफ्नै समुदायबाट रकम सङ्कलन गरेर उनीहरुले प्रतिष्ठानका लागि एक कठ्ठा जग्गा खरिद गरी भवन बनाउन सुरु गरेका हुन् । भवन रङरोगन र झ्यालढोकाको काम बजेट अभावले बाँकी नै छ । “श्रमदान र सहयोग सङ्कलन गरेर बनाएका हौँ”, स्थानीय सुन्दरलाल किसानले बताए । नगरपालिकाले जग्गाको व्यवस्था गरेर भवन बनाइदिने आश्वासन दिएको थियो ।

भवनका लागि आदिवासी जनजाति महासङ्घले रु दुई लाख सहयोग गरेको छ । “पार्टीभन्दा पनि राम्रो र हाम्रो काम गर्ने मान्छेलाई मात्र भोट दिन्छौँ”, उनले भने । उक्त समुदायका झण्डै ७०० मतदाता छन् । किसान समुदायले जातीय सङ्ग्रालय बनाएर लोप हुँदै गएका गरगहना, चाँदुवा चाँदीका पैसाको माला सिक्री, तक्री झुम्का, लोला टप बेरा मोटा चुरा चुरी, धन्सी, पैरही चेप्टो कल्ली झुटिया विच्छी, खङसो, चौरी कलापमा लगाउने धागो, बाजागाजा राख्ने तयारी छ ।

मेचीनगर–११ का जुनेश किसान वर्षौँदेखि सुकुम्वासी भएर बसेकाले जग्गाको व्यवस्था गरिदिनेलाई मात्र भोट दिने बताउनुहुन्छ । “ज्याला मजदुरी गरेर पेट पालेका छौँ, ओत लाग्न जग्गा छैन”, उनले भने । किसान समुदायको दैनिकी विगतभन्दा फेरिएको छ । सधै स्थानीय क्षेत्रमा मात्र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने उनीहरु रोजगारीका लागि कतार, मलेसिया, कुवेतलगायत देशमा जान थालेका छन् । वैदेशिक रोजगारबाट फर्केर आएका अधिकांश किसानले पक्की घर र जग्गा जोडेका छन् ।

सम्बन्धित समाचार

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...