माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने 

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ ।
माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए ।

त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्र सचिवले भने हाम्रो घोषणा पत्र आउँदैन,’ हामीले पहिले नै अपिल बाँडेका छौं । अब त्यही अनुसार स्थानीय तहले घोषणा पत्र बनाउँछन् ।’

माओवादी केन्द्रका नेता वर्षमान पुन संघीयतामा पनि स्थानीय चुनावको घोषणापत्र केन्द्रबाट आउनु उचित नहुने बताउँछन् । उनले भने, हामी केन्द्रबाट घोषणा–पत्र, प्रतिवद्धता–पत्र ल्याएर हस्तक्षेप गर्दैनौं ।
माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।

 

You might also like
Comments
Loading...